ललितपुर महानगरले आज (सोमबार)देखि इन्टेलिजेन्ट ट्राफिक लाइट सञ्चालनमा ल्याएको छ। महानगर प्रमुख चिरीबाबु महर्जनले पुल्चोकस्थित महानगर कार्यालय अगाडि स्विच अन गरेर उद्घाटन गरे।
पहिलो चरणमा कुपण्डोलदेखि जावलाखेलसम्म पाँच स्थानमा यो लाइट जडान गरिएको छ। लाइटले भेइकल डिटेक्टरमार्फत सवारीसाधनको संख्या र दिशा पत्ता लगाई ट्राफिक व्यवस्थापन गर्छ।
यस प्रणालीले जाम कम गर्दै ३०–५० सेकेन्डमै यात्रुलाई बाटो खुलाउन सहयोग पुर्याउनेछ। लाइट स्वचालित भएकाले अन्य परम्परागत लाइटभन्दा फरक छ।
नगरप्रमुख महर्जनका अनुसार पाँच वर्षसम्म मर्मत खर्च नगरले बेहोर्नु पर्दैन। साथै, ट्राफिक व्यवस्थापनलाई दिगो र प्रभावकारी बनाउन यो लाइट महत्वपूर्ण कदम भएको बताए।
प्रदेश सांसद प्रेम महर्जन र अन्य नेताहरूले यो परियोजनाले ट्राफिक व्यवस्थापनमा नयाँ युगको थालनी गरेको प्रतिक्रिया दिए।
















प्रतिकृया