आइएमई लाइफ इन्स्योरेन्स कम्पनीले आफ्नो आठौँ वार्षिक साधारण सभा फागुन २५ गते, आईतबार, बिहान ११ बजे दियो महल, धुम्बाराही, काठमाडौंमा सञ्चालन गर्ने निर्णय गरेको छ। कम्पनीको सञ्चालक समितिको फागुन २ गते बसेको बैठकले सभाको मिति तय गरेको हो। सभामा सञ्चालक समितिको तर्फबाट अध्यक्षले प्रस्तुत गर्ने आर्थिक वर्ष २०८०/०८१ को वार्षिक प्रतिवेदन छलफल गरी पारित गरिनेछ। साथै, लेखापरीक्षकको प्रतिवेदनसहित उक्त वर्षको वासलात, नाफा-नोक्सान हिसाब, इक्विटीमा भएको परिवर्तन, नगद प्रवाह विवरण तथा सम्बन्धित अनुसूचीहरू पारित गरिनेछन्।
त्यसैगरी, कम्पनीको लेखापरीक्षण समितिबाट सिफारिस भई आएको अनुसार आर्थिक वर्ष २०८१/०८२ का लागि बाह्य लेखापरीक्षकको नियुक्ति गर्ने तथा निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पारित गरिनेछ। हालका लेखापरीक्षक एसएआर एशोसिएट्स, चाटर्ड एकाउन्टेन्ट्सलाई पुनः नियुक्त गर्ने प्रस्ताव समेत रहनेछ। साथै, कम्पनीको हाल कायम चुक्ता पूँजीको २१.०५२६४ प्रतिशत दरले नगद लाभांश (कर प्रयोजनसहित) वितरण गर्ने प्रस्ताव सभामा पेश गरिनेछ।
यस अतिरिक्त, सभाले प्रबन्धपत्र तथा नियमावलीमा आवश्यक संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्नेछ। साथै, कम्पनी ऐन, २०६३ को दफा १०५(१)(ग) अनुसार आर्थिक वर्ष २०८०/०८१ मा संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत भएका खर्चहरू अनुमोदन गरिनेछन्। कम्पनीले साधारण सभा तथा लाभांश प्रयोजनका लागि फागुन १५ गते एक दिन बुक क्लोज गर्ने निर्णय गरेको छ। सोही आधारमा फागुन १५ गतेभन्दा अघिल्लो दिनसम्म नेप्सेमा कारोबार भई कायम रहेका सेयरधनीहरू सभामा भाग लिनुका साथै लाभांश प्राप्त गर्न योग्य हुनेछन्।

















![बाढीले हाइड्रोमा कति अर्बको क्षति पुर्यायो? [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/09/SwYGgGHTIkY-maxresdefault-150x150.jpg)
प्रतिकृया