आइजीआई प्रुडेन्सियल इन्स्योरेन्सको साधारण सभा बस्दै, बुक क्लोज कहिले ?

आइजीआई प्रुडेन्सियल इन्स्योरेन्सको साधारण सभा बस्दै, बुक क्लोज कहिले ?
AdvertisementAds

आइजीआई प्रुडेन्सियल इन्स्योरेन्सले फागुन २५ गते वार्षिक साधारण सभा आह्वान गरेको छ, सभा बिहान १० बजे काठमाडौंको नक्शालस्थित आम्रपाली ब्यांकेटमा सुरु हुनेछ। सभामा कम्पनीले सेयरधनीहरूलाई ९.७३ प्रतिशत नगद लाभांश (कर सहित) वितरण गर्ने प्रस्ताव पेस गर्नेछ।

यस्तै आर्थिक वर्ष २०८०–८१ को वार्षिक प्रतिवेदन, नाफा–नोक्सान विवरणसम्बन्धी विषयमा छलफल हुनेछ।

यसबाहेक, आर्थिक वर्ष २०८१–८२ का लागि लेखापरीक्षक नियुक्त गर्ने र निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पनि सभाको एजेन्डामा रहेको छ।

साधारण सभा प्रयोजनका लागि कम्पनीले फागुन १२ गते बुक क्लोज गर्ने निर्णय गरेको छ, जसअनुसार फागुन ११ गतेसम्म कायम सेयरधनीहरूले मात्र सभामा भाग लिन र प्रस्तावित लाभांश प्राप्त गर्न सक्नेछन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स