जोशी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडले साउन १५ गतेदेखि निष्काशन गरेको हकप्रद सेयरमा आवेदन दिने अन्तिम दिन भदौ १९ गते रहेको छ। कम्पनीले हाल कायम चुक्ता पूँजीको हकप्रद सेयरमा निष्काशन गरेको हो।
कम्पनीले ६५ प्रतिशत अर्थात् हाल कायम १ कित्ता सेयर बराबर ०.६५ कित्ता अनुपातमा प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यका २४ लाख १४ हजार १०० कित्ता हकप्रद सेयर निष्काशन गरेको हो, जसको कुल मूल्य २४ करोड १४ लाख १० हजार रुपैयाँ हुन्छ। यसका लागि कम्पनीले असार ८ गते बुकक्लोज गरेको थियो। सोही अनुसार असार ५ गतेसम्म कायम सेयरधनीहरूले मात्र आवेदन दिन सक्नेछन्।
हकप्रद निष्काशन तथा बिक्री प्रबन्धक लक्ष्मी सनराइज क्यापिटल लिमिटेड रहेको छ। लगानीकर्ताले प्रबन्धक, कम्पनीको कार्यालय, लक्ष्मी सनराइज बैंक इलाम शाखा तथा आस्बा सेवामा सहभागी बैंक/वित्तीय संस्था र ‘मेरो सेयर’ प्रणालीमार्फत अनलाइनबाट पनि आवेदन दिन सक्नेछन्।















प्रतिकृया