नाफा घट्दा हिमालयन एभरेष्ट इन्स्योरेन्सको ईपीएस आधाभन्दा बढीले घट्यो

बजारको चिरफार
बजारको चिरफार
२०८२ बैशाख ३० गते
नाफा घट्दा हिमालयन एभरेष्ट इन्स्योरेन्सको ईपीएस आधाभन्दा बढीले घट्यो

हिमालयन एभरेष्ट इन्स्योरेन्सले चालु आर्थिक वर्षको तेस्रो त्रैमासको वित्तीय विवरण प्रकाशित गरेको छ। वित्तीय विवरण अनुसार कम्पनीको खुद नाफा ४५.२० प्रतिशतले घटेर ३३ करोड २३ लाख रुपैयाँमा झरेको छ। अघिल्लो वर्षको सोही अवधिमा कम्पनीले ६० करोड ६५ लाख रुपैयाँ खुद नाफा कमाएको थियो।

कम्पनीको खुद बीमाशुल्क आर्जन ८३ करोड ६४ लाख रुपैयाँबाट बढेर १ अर्ब २४ करोड १ लाख रुपैयाँमा पुगेको छ। त्यस्तै गरी कम्पनीको कुल आम्दानी १ अर्ब ७९ करोड रुपैयाँबाट ४.०१ प्रतिशतले घटेर १ अर्ब ७२ करोड रुपैयाँमा पुगेको छ भने कुल खर्च ८७ करोड ९९ लाख रुपैयाँबाट बढेर १ अर्ब ३० करोड रुपैयाँमा पुगेको छ।

समीक्षा अवधिमा कम्पनीको जीवन बीमाकोष ३ अर्ब ९९ करोड ८८ लाख रुपैयाँबाट ११.५५ प्रतिशतले घटेर ३ अर्ब ५३ करोड ६९ लाख रुपैयाँमा पुगेको छ।

कम्पनीको चुक्ता पूँजी २ अर्ब ५० करोड रुपैयाँ रहेको छ भने महाविपत्ति कोषमा ७ करोड ८२ लाख रुपैयाँ र जगेडा कोषमा २४ करोड ५ लाख रुपैयाँ सञ्चित छ।

कम्पनीको प्रतिसेयर आम्दानी (ईपीएस) अघिल्लो वर्षको ३२.३५ रुपैयाँबाट घटेर १३.२९ रुपैयाँमा आएको छ।

 यस्तै, कम्पनीको प्रतिसेयर नेटवर्थ २०१.४६ रुपैयाँ रहेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स