हिमालयन एभरेष्ट इन्स्योरेन्सले बोलायो फागुन २७ गते साधारण सभा, बुक क्लोज कहिले ?
हिमालयन एभरेष्ट इन्स्योरेन्सले फागुन २७ गते वार्षिक साधारण सभा आह्वान गरेको छ। सभा बिहान ११ बजे बानेश्वर अनमोल ब्यांकेट, शंखमुल, काठमाडौंमा आयोजना हुनेछ।
सभामा गत आर्थिक वर्षको नाफाबाट ८.७५ प्रतिशत नगद लाभांश (करसहित) वितरण गर्ने प्रस्ताव पेश गरिनेछ।
साथै, आर्थिक वर्ष २०८०–८१ को वार्षिक प्रतिवेदन, नाफा–नोक्सान तथा नगद प्रवाह सम्बन्धी छलफल हुनेछ। आर्थिक वर्ष २०८१–८२ का लागि लेखापरीक्षक नियुक्ति र पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पनि रहेको छ।
साधारण सभा प्रयोजनका लागि कम्पनीले फागुन १५ गते बुक क्लोज गर्ने निर्णय गरेको छ। फागुन १४ गतेसम्म सेयर किन्ने लगानीकर्ताले लाभांश प्राप्त गर्न र सभामा सहभागिता जनाउन सक्नेछन्।