एचआईडिसिएलको नाफासंगै इपीएस पनि घट्यो 

बजारको चिरफार
बजारको चिरफार
२०८२ बैशाख २८ गते
एचआईडिसिएलको नाफासंगै इपीएस पनि घट्यो 

हाइड्रोइलेक्ट्रिसिटी इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनी लिमिटेड (एचआईडिसिएल) ले चालु आर्थिक वर्षको तेस्रो त्रैमासको वित्तीय विवरण प्रकाशित गरेको छ। वित्तीय विवरण अनुसार कम्पनीको खुद नाफा ३३.१५ प्रतिशतले घटेर ७२ करोड ८९ लाख रुपैयाँमा सीमित भएको छ। अघिल्लो वर्षको सोही अवधिमा कम्पनीले १ अर्ब ९ लाख रुपैयाँ खुद नाफा कमाएको थियो।

कम्पनीको वित्तीय आम्दानी घटेका कारण नाफा घटेको हो । गत वर्षको १ अर्ब ५८ करोड रुपैयाँ रहेको वित्तीय आम्दानी अहिले घटेर १ अर्ब ५ करोड रुपैयाँमा झरेको छ।

कम्पनीको प्रतिसेयर आम्दानी २ रुपैयाँ ४३ पैसाले घटेर ३ रुपैयाँ ९६ पैसामा झरेको छ। कम्पनीको प्रतिसेयर नेटवर्थ ११४ रुपैयाँ ७८ पैसा रहेको छ। २४ अर्ब ५५ करोड रुपैयाँ चुक्ता पुँजी रहेको कम्पनीको जगेडा कोषमा ३ अर्ब ६२ करोड रुपैयाँभन्दा बढी सञ्चित छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स