घोराही सिमेन्ट इन्डष्ट्रि लिमिटेडले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। वित्तीय विवरण अनुसार कम्पनीको खुद घाटा ५५ करोड ४३ लाख रुपैयाँ पुगेको छ। कम्पनीको खुद घाटा गत आर्थिक वर्षको सोही अवधिको तुलनामा घटेको छ। अघिल्लो वर्षको सोही अवधिमा कम्पनीले ६४ करोड २५ लाख रुपैयाँ खुद घाटा व्यहोरेको थियो।
यस अवधिमाको बिक्री आम्दानी ३ अर्ब ८ करोड रुपैयाँबाट १४.२९ प्रतिशतले बढेर ३ अर्ब ५२ करोड रुपैयाँ पुगेको छ। यता, वित्तीय खर्च ४१ करोड ८५ लाख रुपैयाँबाट बढेर ६८ करोड ८७ लाख रुपैयाँ पुगेको हुँदा कम्पनीको घाटा कम भए पनि पूर्ण रुपमा नाफामा फर्किन सकेको छैन। डिफर ट्याक्स ११ करोड ७० लाख रुपैयाँ कायम भएकाले घाटा थोरै कम देखिएको हो।
४ अर्ब ५६ करोड ७६ लाख ८५ हजार रुपैयाँ चुक्ता पुँजी रहेको यस कम्पनीको रिटेन्ड अर्निङमा १ अर्ब ४८ करोड ८७ लाख रुपैयाँ रहेको छ। समीक्षा अवधिमा कम्पनीको प्रति सेयर आम्दानी १२.१४ रुपैयाँ ऋणात्मक र प्रतिसेयर नेटवर्थ १९०.८० रुपैयाँ छ।














प्रतिकृया