सन नेपाल लाइफको हकप्रदका लागि बुक क्लोज मिति तय

बजारको चिरफार
बजारको चिरफार
२०८१ चैत्र २९ गते
सन नेपाल लाइफको हकप्रदका लागि बुक क्लोज मिति तय
AdvertisementAds

सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले हकप्रद सेयर निष्काशनको तयारीस्वरूप वैशाख ५ गते एक दिनका लागि बुक क्लोज गर्ने घोषणा गरेको छ। बुक क्लोजको आधारमा वैशाख ४ गतेसम्म साधारण सेयर खरिद गरेका सेयरधनीहरूले मात्रै हकप्रद सेयरमा आवेदन दिन पाउनेछन्।

नेपाल धितोपत्र बोर्डले कम्पनीलाई १ः०.२७ को अनुपातमा, प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यमा १ करोड ६ लाख ९६ हजार ३२० कित्ता हकप्रद सेयर निष्कासन गर्न अनुमति दिइसकेको छ। यद्यपि, हकप्रद निष्काशनको मिति भने कम्पनीले हालसम्म सार्वजनिक गरेको छैन। यस प्रक्रिया अन्तर्गत धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धकको जिम्मेवारी नेपाल एसबिआई मर्चेण्ट बैंकिङ लिमिटेडले लिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स