बलेफी हाइड्रोपावरले १०० प्रतिशत हकप्रद सेयर ल्याउने

बलेफी हाइड्रोपावरले १०० प्रतिशत हकप्रद सेयर ल्याउने

बलेफी हाइड्रोपावर लिमिटेडले हाल कायम चुक्ता पूँजी बराबरको हकप्रद सेयर ल्याउने निर्णय गरेको छ। कम्पनीको साउन २० गते बसेको सञ्चालक समितिको बैठकले १८८ मेगावाटको सुर्के दूधकोशी जलविद्युत आयोजनामा लगानी जुटाउन हकप्रद ल्याउने प्रस्ताव पारित गरेको हो।

बैठकले प्रतिकित्ता १०० रुपैयाँका दरले हालको चुक्ता पूँजी ३ अर्ब ६५ करोड ५९ लाख ४० हजार रुपैयाँ बराबरका ३ करोड ६५ लाख ५९ हजार ४०० कित्ता हकप्रद सेयर निष्काशन गर्ने निर्णय गरेको हो।

कम्पनीले १:१ अनुपातमा अर्थात् १०० प्रतिशत एक कित्ता बराबर एक कित्ता हकप्रद सेयर दिने प्रस्ताव गरेको छ। उक्त प्रस्ताव आगामी वार्षिक साधारण सभामा अनुमोदनका लागि पेश गरिनेछ।

Screenshot 2025 08 06 104437 https://bajarkochirfar.com/balephi-hydropower-to-issue-100-percent-rights-shares | %tags

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेज बिज शर्ट्स