आत्मनिर्भर लघुवित्तको नाफा २१८% ले उकालो, ईपीएस ५७ रुपैयाँ नाघ्यो

आत्मनिर्भर लघुवित्तको नाफा २१८% ले उकालो, ईपीएस ५७ रुपैयाँ नाघ्यो
Advertisement Ads

आत्मनिर्भर लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। प्रकाशित विवरणअनुसार, लघुवित्तको खुद नाफा २१८.६४ प्रतिशतले बढेर ४ करोड ४७ लाख रुपैयाँ पुगेको छ। अघिल्लो वर्षको सोही अवधिमा कम्पनीले १ करोड ४० लाख रुपैयाँ खुद नाफा कमाएको थियो।

सञ्चालन घाटाबाट नाफामा फर्किनु र इम्पेयरमेन्ट चार्जमा उल्लेख्य कमी आउनु नाफा बढ्ने मुख्य कारण हो।

चौथो त्रैमाससम्ममा आत्मनिर्भर लघुवित्तको खुद ब्याज आम्दानी ९.६६ प्रतिशतले बढेर १३ करोड ५७ लाख रुपैयाँ पुगेको छ। यता, इम्पेयरमेन्ट चार्ज १७ करोड ६५ लाख रुपैयाँबाट घटेर ४ करोड ४ लाख रुपैयाँमा सीमित भएको छ।

लघुवित्तको खराब कर्जा अनुपात ०.४२ प्रतिशतबिन्दुले घटेर १२.८० प्रतिशतमा पुगेको छ।

समीक्षा अवधिमा लघुवित्तले ९८ करोड रुपैयाँ सापटी तथा निक्षेप संकलन गरी १ अर्ब ५५ करोड रुपैयाँ कर्जा प्रवाह गरेको छ। यस अवधिमा लघुवित्तको सापटी रकम ३२.७० प्रतिशतले घटेर ९ करोड ९७ लाख रुपैयाँमा सीमित भएको छ।

Advertisement Ads

लघुवित्तको चुक्ता पूँजी ७ करोड ८३ लाख रुपैयाँ रहेको छ भने जगेडा कोषमा २२ करोड ३१ लाख रुपैयाँ रहेको छ। लघुवित्तको प्रतिसेयर आम्दानी ३६ रुपैयाँ ६१ पैसाले बढेर ५७ रुपैयाँ ०७ पैसा पुगेको छ। यस्तै, प्रतिसेयर नेटवर्थ ३८४ रुपैयाँ ८२ पैसा रहेको छ।

अन्य कम्पनीहरूको चौथो त्रैमासको वित्तीय विवरण सहज रूपमा पढ्न हामीलाई Facebook मा Follow गर्नुहोस्।

ANLB 1 https://bajarkochirfar.com/aatmanirbhar-microfinances-profit-rises-by-218-eps-exceeds-rs-57 | %tags

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेज बिज शर्ट्स