चन्द्रागिरी हिल्सले पुस ३ गते बोलायो साधारणसभा, के- के छन् प्रस्ताव?

बजारको चिरफार
बजारको चिरफार
२०८१ मंसिर ११ गते
चन्द्रागिरी हिल्सले पुस ३ गते बोलायो साधारणसभा, के- के छन् प्रस्ताव?
AdvertisementAds

चन्द्रागिरी हिल्स लिमिटेडले १५औं वार्षिक साधारणसभा पुस ३ गते बुधबार बोलाएको छ। कम्पनीको मंसिर १० गते बसेको सञ्चालक समितिको बैठकले थानकोटस्थित आफ्नै कार्यालयमा बिहान ११ बजे सभा बस्ने निर्णय गरेको हो।

सभामा गत आवको वार्षिक र लेखापरीक्षण प्रतिवेदन सहितका वित्तीय विवरण छलफल गरी पारित गर्ने र चालू आवका लागि लेखापरीक्षकको नियुक्ति गरी निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पेश हुनेछ। साथै, सभाले सञ्चालक समिति सदस्यको नियुक्ति अनुमोदन गर्ने र प्रबन्धपत्र तथा नियमावलीमा आवश्यक संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने लगायतका प्रस्ताव पनि पारित हुनेछ। तर, कम्पनीले लाभांश सम्बन्धी कुनै प्रस्ताव गरेको छैन।

साधारणसभा प्रयोजनार्थ कम्पनीले मंसिर २१ गते एक दिनका लागि बुक क्लोज गर्ने जनाएको छ। यसका आधारमा मंसिर २० गतेसम्म नेप्सेमा कारोबार भई कायम सेयरधनीले मात्र सभामा भाग लिन योग्य हुनेछन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स