ङादी ग्रुप पावर लिमिटेडले फागुन २০ देखि २८ गतेसम्म खुला गरेको लिलामी सेयर (गोप्य शिलबन्दी) को बाँडफाँट भोलि (चैत ४) गते सोमबार हुने भएको छ। सेयर बाँडफाँट बिहान ७ बजे, बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटल, नारायणचौर, नक्साल, काठमाडौंमा हुनेछ।
कम्पनीले पुस २३ देखि माघ २९ गतेसम्म प्रतिकित्ता १०० रुपैयाँ अंकित दरका १ करोड ८५ लाख १२ हजार ७९२.२२५ कित्ता हकप्रद सेयर निष्कासन गरेको थियो। तर, तोकिएको अवधिमा पर्याप्त आवेदन नपरेपछि ८ लाख ७३ हजार ६१.२२५ कित्ता सेयर लिलामीमा बिक्री गरेको हो।
लिलामी सेयर जोकोहीले खरिद गर्न पाउने व्यवस्था गरिएको थियो। न्यूनतम मूल्य १०० रुपैयाँ तोकिएको भए पनि लगानीकर्ताले सो वा सोभन्दा बढी मूल्य अंकित गरी गोप्य शिलबन्दी पेश गर्नुपर्ने थियो। सेयर खरिदका लागि न्यूनतम १०० कित्ता र अधिकतम सबै कित्ताका लागि आवेदन दिन सकिने व्यवस्था गरिएको थियो।
















प्रतिकृया