राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का केन्द्रीय सदस्य एवं कैलाली–२ का उम्मेदवार केपी खनालले अब दुबई–कतार होइन, सुन्दर सुदूरपश्चिम निर्माण गर्ने लक्ष्य लिएको बताएका छन्। उनले २१ फागुनमा देशमा परिवर्तनको घण्टी बज्ने दाबी गर्दै भने, “सडकमा फोहोर झाड्ने युवा अब संसदमा जानुपर्ने अवस्था आएको छ।” “यो ठाउँले केवल खाडी मुलुकमा सुदूरपश्चिमका जनता पठायो, काला पहाडमा पठायो। सडक सफाइ गर्न झाडू चाहिए जस्तै सही नीति बनाउन कलम चाहिन्छ। अब देश बदल्न संसद जानु छ। हामीले दुबई–कतार होइन, यही सुन्दर सुदूर बनाउनु पर्छ,” खनालले भने।
उनले भने, “राज्यले सुदूरपश्चिमलाई सुदूर बनाए पनि वास्तविक शक्ति जनताले दिएको छ।” देशमा परिवर्तनको उद्घोष सुदूरपश्चिमबाट हुनेछ र देशलाई एकताबद्ध बनाउन, बाटो देखाउन सुदूरका जनता देशको केन्द्रमा पुग्नेछन्। “अब देशमा घण्टी बज्छ, अनि मात्रै चाहेको परिवर्तन सम्भव हुन्छ। हरेक दिन १५ सय भन्दा बढी युवा विदेश जाँदैछन्, हामीले युवा शक्तिलाई देशमै राखेर स्वदेश बनाउनुपर्छ,” खनालले जोड दिए।
उनले देश परिवर्तनका लागि बालेनको सरकार आवश्यक भएको उल्लेख गर्दै आफूमै रहेको परिवर्तनको सोचका साथ गाउँ–सहरबाट रास्वपालाई जिताउन जनता आग्रह गरेका छन्।

















![सेबोन अध्यक्ष भट्टले सार्वजनिक गरे पूँजी बजार विकासका १५ प्रमुख एजेन्डा [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/07/89bc274a-9daf-4136-875c-cec0d72f8ee8-150x150.png)

![सेयर बजारका लागि कस्तो आयो मौद्रिक नीति ? [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/07/maxresdefault-1-150x150.jpg)
प्रतिकृया