भिजन लुम्बिनी ऊर्जा लिमिटेडले श्रेष्ठ इनर्जी सोलुसन प्रा.लिमा १५ करोड रुपैयाँ लगानी गर्ने निर्णय गरेको छ।
कम्पनीको असार २८ गते बसेको सञ्चालक समितिको बैठकले १३ मेगावाट क्षमताको अपर सेती–१ जलविद्युत आयोजनाको निर्माण तथा विकासका लागि श्रेष्ठ इनर्जी सोलुसनमा उक्त रकम लगानी गर्ने निर्णय गरेको हो।
यसअघि भिजन लुम्बिनी ऊर्जाले श्रेष्ठ इनर्जी सोलुसनद्वारा प्रवर्द्धित अपर सेती–१ जलविद्युत आयोजनालाई आफूले प्रवर्द्धन गरिरहेको २५ मेगावाट क्षमताको सेती नदी जलविद्युत आयोजनाको क्यास्केड आयोजना का रूपमा निर्माण गर्न सैद्धान्तिक सहमति दिएको थियो।
सोही निर्णयअनुसार अपर सेती–१ आयोजनालाई क्यास्केड परियोजनाका रूपमा विकास गर्न तथा भिजन लुम्बिनी ऊर्जाका आवश्यक पूर्वाधार र सुविधाहरू उपयोग गर्न दिएबापत कम्पनीले श्रेष्ठ इनर्जी सोलुसनबाट १५ करोड रुपैयाँ प्राप्त गरेको थियो।


प्रतिकृया