कहिलेसम्म ङादी ग्रुपको १०० प्रतिशत हकप्रद सेयर भर्न पाइने ?



Advertisement
Ads
ङादी ग्रुप पावरले पुस २३ गतेदेखि १०० प्रतिशत हकप्रद सेयर बिक्री खुला गरेको छ। कम्पनीले १ः१ अनुपातमा १ करोड ८५ लाख १२ हजार ७९२.२२५ कित्ता सेयर जारी गर्दै प्रति कित्ता १ सय अंकित मूल्यका आधारमा कुल १ अर्ब ८५ करोड १२ लाख ७९ हजार २२२.५० रुपैयाँ बराबरको हकप्रद सेयर निष्कासन गरेको हो।

यसका लागि कम्पनीले मंसिर १८ गते बुक क्लोज गरेको छ। जस अनुसार, मंसिर १७ गतेसम्म कायम रहेका लगानीकर्ताले मात्रै हकप्रद सेयरमा आवेदन दिन सक्नेछन्। इच्छुक लगानीकर्ताले माघ १४ गतेसम्म आवेदन दिन सक्नेछन्।

यस हकप्रद सेयरको बिक्री प्रबन्धकको जिम्मेवारी सिद्धार्थ क्यापिटलले लिएको छ। आवेदन सिद्धार्थ क्यापिटल  नारायणचौर, नक्साल, काठमाडौं, सिद्धार्थ बैंकका तोकिएका शाखा कार्यालयहरू, धितोपत्र बोर्डबाट आस्वा अनुमति प्राप्त बैंक तथा वित्तीय संस्थाहरू, र मेरो सेयर मार्फत दिन सकिन्छ।


Advertisement

 

यो पढेपछि तपाईलाई कस्तो लाग्यो ?



Advertisement
Ads
Advertisement
Ads
Advertisement
Ads

प्रतिकृया


सम्बन्धित खबर