नेको इन्स्योरेन्स कम्पनी लिमिटेडले फागुन ८ गतेदेखि निष्काशन तथा बिक्री खुला गरेको हकप्रद सेयरमा आवेदन दिने चैत १४ गते बिहीबार अन्तिम दिन रहेको छ । कम्पनीले हाल कायम चुक्ता पूँजीको २५ प्रतिशत हकप्रद सेयर निष्काशन गरेको छ।
इन्स्योरेन्सले ४:१ अनुपातमा (४ कित्ता सेयर बराबर १ कित्ता नयाँ हकप्रद सेयर पाउने) निष्काशन गरेको हो। यसअनुसार कम्पनीले प्रति सेयर १०० रुपैयाँ अंकित मूल्यमा ५० लाख ३० हजार ९०१.५५ कित्ता हकप्रद सेयर निष्काशन गरेको छ, जसको कुल मूल्य ५० करोड ३० लाख ९० हजार १५५ रुपैयाँ बराबर हुन्छ।
हकप्रद निष्काशन प्रयोजनार्थ कम्पनीले माघ १८ गते बुक क्लोज गरेको थियो। जसअनुसार माघ १५ गतेसम्म नेप्सेमा कारोबार भएका कायम सेयरधनीहरूले आवेदन दिन सक्नेछन्। इन्फोमेरिक्स क्रेडिट रेटिङ्ग नेपालले हकप्रद निष्काशनका लागि नेको इन्स्योरेन्सलाई ‘आईआरएन सिंगल ए प्लस’ इस्यूअर रेटिङ्ग प्रदान गरेको छ, जसले वित्तीय दायित्व बहन गर्ने उच्च सुरक्षित क्षमता रहेको संकेत गर्छ।
सेयर निष्काशन तथा बिक्री प्रबन्धक सानिमा क्यापिटल लिमिटेड रहेको छ। सेयरधनीहरूले सानिमा क्यापिटल, नेको इन्स्योरेन्सका केन्द्रिय तथा क्षेत्रीय कार्यालयहरू, साथै नेपाल धितोपत्र बोर्डबाट अनुमति लिएका बैंक तथा वित्तीय संस्थाहरूको आस्वा सेवामार्फत आवेदन दिन सक्नेछन्। सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेडको ‘मेरो शेयर’ प्लेटफर्म प्रयोग गरी अनलाइनमार्फत समेत आवेदन दिन सकिन्छ।
















प्रतिकृया