यूनाइटेड अजोड इन्स्योरेन्स लिमिटेडको हकप्रद सेयर बाँडफाँड सम्पन्न भएको छ। कम्पनीले गत चैत २६ गतेदेखि वैशाख ३१ गतेसम्म निष्काशन गरेको हकप्रद सेयर जेठ १९ गते बाँडफाँड गरेको हो।
कम्पनीले २०८२ फागुन १७ गतेसम्म नेप्सेमा कारोबार भई कायम रहेका सेयरधनीहरूका लागि हालको चुक्तापुँजीको १० प्रतिशत (१००ः१० अनुपात) का दरले प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यका २३ लाख १० हजार कित्ता हकप्रद सेयर जारी गरेको थियो।
धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक लक्ष्मी सनराइज क्यापिटलका अनुसार रितपूर्वक आवेदन दिएका सेयरधनीहरूलाई २२ लाख ३९ हजार ५२० कित्ता हकप्रद सेयर बाँडफाँड गरिएको छ।
निष्काशन गरिएका सेयरमध्ये ७० हजार ४८० कित्ता हकप्रद सेयर भने बिक्री हुन सकेन। कम्पनीले बाँकी रहेको उक्त अवितरित सेयर लिलामी प्रक्रियामार्फत सर्वसाधारणलाई बिक्री गर्ने जनाएको छ।








![बाढीले हाइड्रोमा कति अर्बको क्षति पुर्यायो? [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/09/SwYGgGHTIkY-maxresdefault-768x432.jpg)






![बाढीले हाइड्रोमा कति अर्बको क्षति पुर्यायो? [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/09/SwYGgGHTIkY-maxresdefault-150x150.jpg)



प्रतिकृया