यूनाइटेड अजोड इन्स्योरेन्स लिमिटेडले ८४ हजार ५६६ कित्ता संस्थापक समूहको सेयर बिक्रीमा राखेको छ। कम्पनीका एक संस्थापक सेयरधनीको नाममा रहेको उक्त सेयर खरिदका लागि जो सुकै व्यक्ति तथा कम्पनीले आवेदन दिन सक्नेछन्।
कम्पनीले सेयरको न्यूनतम बिक्री मूल्य प्रतिकित्ता १७० रुपैयाँ निर्धारण गरेको छ।
सेयर खरिद गर्न इच्छुक लगानीकर्ताले आफूले खरिद गर्न चाहेको सेयर संख्या उल्लेख गरी काठमाडौंको सुन्धारास्थित कम्पनीको प्रधान कार्यालयमा आवेदन दिनुपर्नेछ।
यो सूचना प्रकाशित भएको मितिले १५ दिनभित्र आवेदन पेस गर्नुपर्ने कम्पनीले जनाएको छ।




















![भोटेकोशी बाढीबारे संसद्मा प्रधानमन्त्री बालेनको सम्बोधन, के–के भने? [पूर्णपाठसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/09/Stay-Updated-With-1-150x150.png)
प्रतिकृया