नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सोमबार लगातार तेस्रो पटक सर्किट ब्रेक लागेसँगै आजका लागि कारोबार बन्द भएको छ।
बजार खुलेपछि नेप्सेमा तीव्र वृद्धि देखिएको थियो। सुरुमा नेप्से १०८.६० अंक (४ प्रतिशत) ले बढेर २८२१ विन्दु पुगेपछि पहिलो सर्किट लागेको थियो। त्यसपछि २० मिनेटपछि बजार खुलेको थियो।
बजार पुनः खुलेपछि तत्कालै १३५.७२ अंक(६ प्रतिशत)ले बढेर २८४८.२२ विन्दु पुगेको थियो। यससँगै दोस्रो सर्किट लागेर कारोबार ४० मिनेटका लागि स्थगित गरिएको थियो।
त्यसपछि फेरि खुलेको बजारमा केही समयमै सूचक ६ प्रतिशत बढेपछि तेस्रो सर्किट लागेको हो। तेस्रो सर्किट लागेसँगै आजका लागि कारोबार बन्द गरिएको छ।




















प्रतिकृया