सुदूरपश्चिम अब काठमाडौंसँग आफैं जोडिन्छ: भूपदेव शाह

बजारको चिरफार
बजारको चिरफार
२०८२ फाल्गुन ६ गते
सुदूरपश्चिम अब काठमाडौंसँग आफैं जोडिन्छ: भूपदेव शाह

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नेता भूपदेव शाहले सुदूरपश्चिम क्षेत्र अब काठमाडौंसँग आफैं जोडिने बताएका छन्। धनगढीमा आयोजित सभामा बोल्दै उनले लामो समयदेखि काठमाडौंले सुदूरपश्चिम जोड्ने प्रयास गरिरहेको भए पनि सफल नभएको उल्लेख गर्दै अब सुदूरपश्चिमले आफैं राजधानीसँग सम्बन्ध स्थापित गर्ने बताए। त्यसका लागि आफूजस्ता उम्मेदवारलाई जिताउन जनता आग्रह गरेका छन्।

शाहले राजनीतिक परिवर्तन भए पनि सुदूरपश्चिममा आधारभूत समस्या अझै जस्ताको त्यस्तै रहेको बताए। खानेपानी, बिजुली र सडक लगायतका समस्याहरू समाधान हुन सकेका छैनन्। उनले सत्तामा रहेका पुराना नेताहरूले यी समस्याहरू हल नगरे पनि अब रास्वपा सरकार बनेपछि सबै समस्याको समाधान हुने दाबी गरे। “समस्या उनी रहने। ति समस्यामा जुधिरहनुपर्ने। यही कारण हो नवयुवाको नेतृत्वमा जनआन्दोलन भएको,” उनले भने। “आन्दोलनमार्फत हामीले आक्रोश पोख्यौं र देशले स्पष्ट जनादेश दिएको छ। अब २१ फागुनमा त्यसलाई अनुमोदन गर्नुपर्नेछ।”

शाहले रास्वपालाई आन्दोलनपछिका सुशासन र विकासका परिवर्तनको जिम्मेवारी प्राप्त भएको बताए। “पुराना दलहरू सुध्रिउन भन्ने थियो। जनताले मौका दिएका थिए तर पुराना दल सुध्रिएनन्। नयाँ शक्तिको आवश्यकता थियो। आशालाग्दाहरू मिलेर हामीले शसक्त रास्वपा निर्माण गरेका छौँ र तपाईंहरूलाई उपहार दिएका छौँ। अब यसलाई अघि बढाउने जिम्मेवारी तपाईंको हातमा छ,” उनले जोड दिए।

AdvertisementAds

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स