ङादी ग्रुप पावरले शतप्रतिशत हकप्रद सेयरमा आवेदन दिने म्याद थप गरेको छ। अब यो सेयरमा माघ २९ गतेसम्म आवेदन दिन सकिनेछ। यसअघि कम्पनीले माघ १४ गतेसम्म आवेदन दिने जानकारी गराएको थियो। मागअनुसार आवेदन नपरेपछि समय थप गरिएको हो।
कम्पनीले पुस २३ गतेदेखि १:१ अनुपातमा १ करोड ८५ लाख १२ हजार ७९२.२२५ कित्ता हकप्रद सेयर जारी गरेको हो। यो सेयरको अंकित मूल्य १ सय रुपैयाँ रहेको छ, जसअनुसार कुल १ अर्ब ८५ करोड १२ लाख ७९ हजार २२२.५० रुपैयाँ बराबरको सेयर निष्काशन भएको हो।
हाल ङादी ग्रुप पावरको चुक्ता पुँजी १ अर्ब ८५ करोड १२ लाख ७९ हजार २२२.५० रुपैयाँ रहेको छ। हकप्रद सेयर जारी भएपछि कम्पनीको चुक्ता पुँजी ३ अर्ब ७० करोड २५ लाख ५८ हजार रुपैयाँ पुग्नेछ।हकप्रदबाट उठाइएको रकम आयोजनाको मर्मत-सम्भार, ऋण तिर्न, र नयाँ परियोजनामा लगानी गर्न प्रयोग गरिने कम्पनीले जनाएको
हकप्रद सेयरका लागि कम्पनीले मंसिर १८ गते बुक क्लोज गरेको थियो। जसअनुसार मंसिर १७ गतेसम्म सेयरधनी भईसकेकाहरूले मात्रै यसमा आवेदन दिन पाउनेछन्।यस हकप्रद सेयरमा सिद्धार्थ क्यापिटल बिक्री प्रबन्धकको रूपमा रहेको छ। आवेदन सिद्धार्थ क्यापिटल नारायणचौर, नक्साल, काठमाडौँ र सिद्धार्थ बैंकका तोकिएका शाखाहरूबाट दिन सकिन्छ। साथै, धितोपत्र बोर्डबाट अनुमति प्राप्त बैंक तथा वित्तीय संस्था र मेरो सेयर प्लाटफर्ममार्फत पनि आवेदन दिन सकिनेछ।



![बजेटले नन लाइफ इन्स्योरेन्स सेक्टरको बिजनेस व्ह्वात्तै बढ्दैछ ? सेयर प्राइस के होला ? [भिडियोसहित]](https://i0.wp.com/bajarkochirfar.com/wp-content/uploads/2026/06/pYnn5kzYQlY-SD.jpg?fit=640%2C480&ssl=1)







![बजेटले नन लाइफ इन्स्योरेन्स सेक्टरको बिजनेस व्ह्वात्तै बढ्दैछ ? सेयर प्राइस के होला ? [भिडियोसहित]](https://i0.wp.com/bajarkochirfar.com/wp-content/uploads/2026/06/pYnn5kzYQlY-SD.jpg?resize=150%2C150&ssl=1)




प्रतिकृया