सनराइज होल्डिङ्गस् लिमिटेडले सर्वसाधारणका लागि साधारण सेयर (आईपीओ) निष्काशन गर्ने भएको छ। यसका लागि कम्पनीले लक्ष्मी सनराइज क्यापिटल लिमिटेडलाई बिक्री प्रबन्धक नियुक्त गरेको छ।
सो सम्झौतामा लक्ष्मी सनराइज क्यापिटलका प्रमुख कार्यकारी अधिकृत बिजय लाल श्रेष्ठ र सनराइज होल्डिङ्गस् लिमिटेडका प्रमुख कार्यकारी अधिकृत बिकास सिलवालले हस्ताक्षर गरेका छन्।
कम्पनीले प्रतिकित्ता रु.१०० अंकित मूल्यका २४ लाख कित्ता सेयर निष्काशन गर्न लागेको हो, जसको कुल मूल्य रु.२४ करोड हुन्छ।
सनराइज होल्डिङ्गस् लिमिटेड २०७१ सालमा स्थापित एक नेपाली लगानी कम्पनी हो, जसको प्रमुख लगानी जलविद्युत, यातायात, पर्यटन र कृषि जस्ता क्षेत्रहरुमा केन्द्रित छ । निकट भविष्यमा उच्च प्रतिफल दिने क्षेत्रहरु पहिचान गरी लगानी विस्तार गर्ने उद्देश्यको साथ सर्वसाधारणको लागि शेयर निष्काशन गर्न लागेको हो ।






















![मैले अहिलेसम्म सेयरबजारमा घाटा खाएको छैन: प्रभुलाल अधिकारी [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/10/0KYEKZyOvXI-maxresdefault-150x150.jpg)
प्रतिकृया