भोलिदेखि काठमाडौंका यी स्थानहरुमा दैनिक ४ घण्टा बिजुली काटिने



Advertisement
Ads

काठमाडौं उपत्यकाका विभिन्न स्थानमा आगामी १० दिनसम्म विद्युत् आपूर्ति अवरुद्ध हुने भएको छ। नेपाल विद्युत् प्राधिकरण, काठमाडौं उपत्यका पश्चिम वितरण प्रणाली सदृढीकरण आयोजना, खरिपाटी भक्तपुरका अनुसार पुस ९ गतेदेखि विद्युत् कटौती सुरु हुनेछ।


Advertisement

विद्युतीय लाइन भूमिगत गर्ने कार्यका लागि कुलेश्वर, बानेश्वर, जोरपाटी र कीर्तिपुर वितरण केन्द्रअन्तर्गतका क्षेत्रमा विद्युत् आपूर्ति बिहान ११ बजेदेखि दिउँसो ३ बजेसम्म दैनिक ४ घण्टासम्म अवरुद्ध हुनेछ।


Advertisement

पुस ९ गते कलंकी फिडरअन्तर्गत मालपोत कार्यालय वरपर, १० गते तीनकुने पुलदेखि महादेव खोला पुलसम्म, ११ गते बालकुमारी, इमाडोल र लुभू आसपास, १२ गते बलम्बु क्षेत्र, १३ गते कीर्तिपुर विश्वविद्यालय क्षेत्र, १४ गते च्यासल पुलदेखि बालकुमारी पुलसम्म, १५ गते मानटार चोक क्षेत्र, १६ गते मातातीर्थ वरपर, १७ गते दोभान पुल क्षेत्र र १८ गते आलोक नगर आसपासका क्षेत्रमा बिजुली आपूर्ति बन्द हुनेछ।

तर, मौसम प्रतिकूल भएमा सटडाउन नगर्ने प्राधिकरणले जनाएको छ।

यो पढेपछि तपाईलाई कस्तो लाग्यो ?



Advertisement
Ads
Advertisement
Ads

प्रतिकृया


सम्बन्धित खबर