ओलीको आरोपः सरकारको हस्तक्षेपका कारण फिफाले एन्फालाई निलम्वन गरेको हो

ओलीको आरोपः सरकारको हस्तक्षेपका कारण फिफाले एन्फालाई निलम्वन गरेको हो

नेकपा (एमाले)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले हस्तक्षेप गरेकाले अन्तर्राष्टिय फुटबल महासंघ (फिफा)ले  अखिल नेपाल फुटबल संघ (एन्फा)लाई निलम्वन गरेको आरोप लगाएका छन् ।

नेपाल खेलकुद महासंघले मंगलवार काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उनले उक्त जिकिर गरेका हुन् । अध्यक्ष ओलीले खेलकुद क्षेत्रमा सरकारको हस्तक्षेपलाई रोक्न लागि पनि पार्टीका संवद्ध पक्षलाई निर्देशन दिए । उनले एन्फामाथि फिफाले लगाएको प्रतिबन्धबाट मनोवल गिराउने काम नगर्न पनि खेलकुद क्षेत्रमा सबैलाई अपिल गरे । अध्यक्ष ओलीले खेलकुद क्षेत्रको जरैदेखि विकास गर्ने काममा सरकारले ध्यान दिनुपर्ने आवश्यक्ता पनि औँल्याए । देशको प्रतिष्ठा बढाउन खेलकुद क्षेत्रको योगदान हुने भएकाले पनि यस क्षेत्रको विकासमा सबैले पहल गर्नुपर्ने उनको भनाई थियो ।

अध्यक्ष ओलीले भने,‘खेल क्षेत्रको विकासमा सरकारले पनि ध्यान दिनुपर्ने हो । सरकार त हस्तक्षेप गरेर एन्फालाई अन्तराष्टि खेलमा नै प्रतिबन्ध लाग्ने स्थितिमा पुगेको छ । यस स्थितिलाई हामीले परिवर्तन गर्नैपर्दछ । टुप्पामा परिवर्तन गर्न खोजेर हुँदैन । यसलाई जरैदेखि परिर्वतन गर्नु पर्दछ, फेदैदेखि परिवर्तन गर्नुपर्दछ । अनि मात्रै परिवर्तन हुन्छ । तपाईहरुको मनोवल कमजोर हुनुहुँदैन । एन्फा अहिले प्रतिवन्ध भयो । त्यसलाई प्रतिवन्धको अवस्थाबाट उन्मुक्त गर्ने र विश्वमा हाम्रा खेलाडीहरु अनेत्रका जस्तै विभिन्न खेलाडीहरुको नाम चम्किएजस्तै नेपाली खेलाडीहरुको पनि  अन्तराष्ट्रिय जगतमा नाम चम्किन सक्छ । उनीहरुको कारणले नेपालको प्रतिष्ठा बढ्नसक्छ । यस दिशामा काम गरेर खेलकुद महासंघले योगदान गर्न सकोस् ।’

अध्यक्ष ओलीले खेलकुद क्षेत्रको विकासमा आफू नेतृत्वको सरकारले महत्वपूर्ण काम गरेको दाबी समेत गरे ।

–न्युज एजेन्सी नेपाल

Advertisement Ads

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

guest
0 Comments
Oldest
Newest Most Voted

सम्बन्धित खबर

होमपेज बिज शर्ट्स