नेको इन्स्योरेन्सको हकप्रद सेयर भोलिसम्म भर्न सकिने, कहिलेसम्म कायम सेयरधनीले मात्र आवेदन दिन पाउने ?

बजारको चिरफार
बजारको चिरफार
२०८१ चैत्र १३ गते
नेको इन्स्योरेन्सको हकप्रद सेयर भोलिसम्म भर्न सकिने, कहिलेसम्म कायम सेयरधनीले मात्र आवेदन दिन पाउने ?

नेको इन्स्योरेन्स कम्पनी लिमिटेडले फागुन ८ गतेदेखि निष्काशन गरेको हकप्रद सेयरमा आवेदन दिने अन्तिम मिति भोलि चैत १४ गते बिहीबार रहेको छ। कम्पनीले हाल कायम चुक्ता पूँजीको २५ प्रतिशत हकप्रद सेयर ४:१ अनुपातमा (४ कित्ता सेयर बराबर १ कित्ता नयाँ हकप्रद) निष्काशन गरेको हो। जस अनुसार कम्पनीले प्रतिसेयर १०० रुपैयाँ अंकित मूल्यमा ५० लाख ३० हजार ९०१.५५ कित्ता हकप्रद सेयर निष्काशन गरेको छ, जसको कुल मूल्य ५० करोड ३० लाख ९० हजार १५५ रुपैयाँ बराबर हुन्छ।

हकप्रद निष्काशन प्रयोजनार्थ कम्पनीले माघ १८ गते बुक क्लोज गरेको थियो। जसअनुसार माघ १५ गतेसम्म नेप्सेमा कारोबार भएका कायम सेयरधनीहरूले आवेदन दिन सक्नेछन्। इन्फोमेरिक्स क्रेडिट रेटिङ्ग नेपालले हकप्रद निष्काशनका लागि नेको इन्स्योरेन्सलाई ‘आईआरएन सिंगल ए प्लस’ इस्यूअर रेटिङ्ग प्रदान गरेको छ, जसले वित्तीय दायित्व बहन गर्ने उच्च सुरक्षित क्षमता रहेको संकेत गर्छ।

सेयर निष्काशन तथा बिक्री प्रबन्धक सानिमा क्यापिटल लिमिटेड रहेको छ। सेयरधनीहरूले सानिमा क्यापिटल, नेको इन्स्योरेन्सका केन्द्रिय तथा क्षेत्रीय कार्यालयहरू, साथै नेपाल धितोपत्र बोर्डबाट अनुमति लिएका बैंक तथा वित्तीय संस्थाहरूको आस्वा सेवा र ‘मेरो सेयर’ मार्फत आवेदन दिन सक्नेछन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स