हकप्रद जारी गर्न नारायणी डेभलपमेन्ट बैंकले तोक्यो बुक क्लोज मिति, कहिलेसम्म कायम सेयरधनीले हकप्रद भर्न पाउने ?

बजारको चिरफार
बजारको चिरफार
२०८२ श्रावण २९ गते
हकप्रद जारी गर्न नारायणी डेभलपमेन्ट बैंकले तोक्यो बुक क्लोज मिति, कहिलेसम्म कायम सेयरधनीले हकप्रद भर्न पाउने ?

नारायणी डेभलपमेन्ट बैंकले १०० प्रतिशत हकप्रद सेयर जारी गर्न भदौ ९ गते बुक क्लोज गर्ने भएको छ। यस अनुसार भदौ ८ गतेसम्म कायम रहेका सेयरधनीलेहरूले मात्र हकप्रद भर्न पाउनेछन्।

नेपाल धितोपत्र बोर्डले गत साउन १५ गते बैंकलाई १ः१ अनुपातमा अर्थात् १०० प्रतिशत हकप्रद सेयर जारी गर्न अनुमति दिएको हो। यस अन्तर्गत बैंकले २६ करोड २४ लाख ६७ हजार ७०० रुपैयाँ बराबरको प्रतिकित्ता १०० रुपैयाँ अंकित दरका २६ लाख २४ हजार ६७७ कित्ता सेयर बिक्री गर्नेछ। हकप्रद बिक्रीपछि बैंकको चुक्तापूँजी ५२ करोड ४९ लाख ३५ हजार ४०० रुपैयाँ पुग्नेछ। हकप्रदको बिक्री प्रबन्धकमा ग्लोबल आइएमई क्यापिटल लिमिटेड रहेको छ।

AdvertisementAds

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स