मुक्तिनाथ कृषि कम्पनी लिमिटेडले चालु आर्थिक वर्षको तेस्रो त्रैमासको वित्तीय विवरण प्रकाशित गरेको छ। वित्तीय विवरण अनुसार कम्पनीको खुद नाफा ५.४६ प्रतिशतले बढेर २ करोड २४ लाख रुपैयाँमा पुगेको छ। अघिल्लो वर्षको सोही अवधिमा कम्पनीले २ करोड १२ लाख रुपैयाँ खुद नाफा कमाएको थियो।
समीक्षा अवधिमा कम्पनीको सञ्चालन आम्दानी ३०.०२ प्रतिशतले बढेपछि नाफा सामान्य रूपमा वृद्धि भएको हो। यद्यपि, कुल आम्दानी ७.४७ प्रतिशतले घटेको छ। कम्पनीको कुल खर्च भने १०.४७ प्रतिशतले घटेको छ।
प्रतिसेयर आम्दानी पनि २२ पैसाले बढेर ४ रुपैयाँ २८ पैसामा पुगेको छ भने प्रतिशेयर नेटवर्थ ९८ रुपैयाँ ७५ पैसा रहेको छ। ७० करोड रुपैयाँ चुक्ता पूँजी रहेको कम्पनीको अन्य इक्विटी भने ८७ लाख ८४ हजार रुपैयाँ ऋणात्मक रहेको देखिएको छ।
















प्रतिकृया