दमौलीको ऋषिङ गाउँपालिका-१ झापुटारमा निर्माणाधीन एक सय ४० मेगावाट क्षमताको तनहुँ जलविद्युत् आयोजनाको मध्यवर्ती क्षेत्र (बफर जोन)का प्रभावित स्थानीयको घरधुरीको सर्वेक्षण गर्न थालिएको छ । आयोजनाको मध्यवर्ती क्षेत्रका कारण स्थानीयवासी, जग्गाधनी तथा घरपरिवारमा पर्न सक्ने आर्थिक, सामाजिक र सांस्कृतिक प्रभाव पहिचान गर्ने उद्देश्यले घरधुरी सर्वेक्षण सुरु गरिएको हो ।
आयोजना प्रमुख श्यामजी भण्डारीले सामाजिक-आर्थिक सर्वेक्षण अन्तिम चरणमा पुगेको जनाउँदै सामाजिक प्रभाव मूल्याङ्कन, पुनस्र्थापना तथा आदिवासी जनजाति योजना अध्यावधिक प्रभावकारी रूपमा गर्नका लागि यो सर्वेक्षण गरिएको बताए ।
आयोजना प्रमुख भण्डारीका अनुसार वाङटाङीटार, पल्ट्याङ र जलविरे क्षेत्रका लक्षित दुई सय ६३ घरधुरीमध्ये एक सय ८६ परिवारको सर्वेक्षण गरिएको छ । उनले भने, “हामीले प्रभावित परिवारको सामाजिक-आर्थिक अवस्थाको वस्तुनिष्ठ विवरण सङ्कलन गरिरहेका छौँ । विशेषगरी जलाशय क्षेत्रका ऐलानी जग्गा भोगकर्ताको सर्वेक्षण आगामी महिनाभित्रै सम्पन्न गर्नेगरी तयारी थालेका छौँ ।”
आयोजना प्रमुख श्यामजी भण्डारीले जग्गाधनी पुर्जा भएका (बफर जोन)का एक सय ३१ परिवारमध्ये एक सय २५, ऐलानी जग्गा भोगकर्ता (बफर जोन)का ५७ मध्ये ४३, ऐलानी जग्गा भोगकर्ता (जलाशय क्षेत्र)का ३५ घरधुरीको सर्वेक्षण सकिएको जानकारी दिए। उनका अनुसार आयोजनाको मध्यवर्ती क्षेत्रअन्तर्गत भिमाद नगरपालिका-५ स्थित वाङटाङटारका समुदायसँग परामर्श बैठक गरिएको छ ।
छलफलका क्रममा आयोजनाकातर्फबाट बफर जोनबाट प्रभावित हुने जग्गा तथा संरचनाको क्षतिको सूची, विस्तृत जाँच सर्वेक्षण, सामाजिक प्रभाव मूल्याङ्कन र पुनस्र्थापना तथा आदिवासी जनजातिसम्बन्धी योजना अद्यावधिक गर्नका लागि सञ्चालन भइरहेको सर्वेक्षणबारे जानकारी गराइएको थियो ।











![Trend Analysis गरेर Share Market बढ्न वा घट्नसक्ने कुरा कसरी थाहा पाउने ? Technical Training Day 2 [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/08/81-m4gKqcN4-maxresdefault-768x432.jpg)




![Trend Analysis गरेर Share Market बढ्न वा घट्नसक्ने कुरा कसरी थाहा पाउने ? Technical Training Day 2 [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/08/81-m4gKqcN4-maxresdefault-150x150.jpg)




प्रतिकृया