प्रधानमन्त्री बन्न खोजेका हर्क साम्पाङ धरान पुगेर रोए

बजारको चिरफार
बजारको चिरफार
२०८२ भाद्र ३१ गते
AdvertisementAds
प्रधानमन्त्री बन्न खोजेका हर्क साम्पाङ धरान पुगेर रोए
AdvertisementAds

धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङ राजधानीबाट फर्किएलगत्तै स्थानीय पत्रकारहरूसँग भेटघाटमा आँसु रोक्न सकेनन्। जेनजी आन्दोलनपछिको अस्थिर अवस्थाले देश विदेशी हस्तक्षेपको जोखिममा परेको उनले बताए।

साम्पाङका अनुसार उनलाई खानेपानी तथा श्रम मन्त्रालयको जिम्मेवारी दिने प्रस्ताव भए पनि उनले अस्वीकार गरेको बताएका छन् ।

धरानमा सञ्चारकर्मीसँगको भेटमा हर्कले विदेशी शक्तिले देशलाई टेकओभर गर्न सक्ने सम्भावनाप्रति आफ्नो डर व्यक्त गरे। उनले भने, “सबै नेताहरू भागाभाग छन्। कोही रक्ताम्य छन्, कोही बागमतीमा कुटाइ खाइरहेका छन्। पार्टी कार्यालयहरू तहसनहस छन्। अब को शक्ति ल्याउने हो देशमा, कोही पत्ता छैन।”

पत्रकारहरूसँग कुरा गर्दै गर्दा साम्पाङ बारम्बार भक्कानिए। पत्रकारहरूले सम्झाउँदै शान्त पार्ने कोसिस गरे पनि उनले पुनः भावुक हुँदै भने, “मलाई हिम्मत हारेको मान्छे भन्नुहुन्छ, तर म यो देशमा सबैभन्दा हिम्मती मान्छु। शुभचिन्तकहरूले गोली लाग्न सक्छ भने पनि मैले आगोमा हाम फाल्ने निर्णय गरेको थिएँ।”

प्रधानमन्त्री बन्ने उद्देश्यले काठमाडौं पुगेका साम्पाङको दाबी अनुसार राजधानीमा धेरै छलफल भए पनि सहमति जुटेन। “यो अटेरी छ, हाम्रो लाइनमा आउँदैन भन्ने रहेछ,” उनले बताए।

AdvertisementAds

उनले सरकारको वैधतामाथि पनि प्रश्न उठाउँदै भने, “जेनजी आन्दोलनमा सहभागी सबैलाई अपराधी ठान्ने हो भने यो सरकारको वैधता के हो? सम्पूर्ण जिम्मेवारी गृह मन्त्रालय र हालको सरकारले लिनुपर्छ।”

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स