अमेरिकी विद्युतीय सवारी निर्माता टेस्लाले मंगलबार भारतमा आफ्नो पहिलो शोरुम मुम्बईको बान्द्रा–कुर्ला कम्प्लेक्समा सञ्चालनमा ल्याएको छ। विश्वकै तेस्रो ठूलो अटोमोटिभ बजार मानिने भारतमा अर्बपति इलोन मस्कको कम्पनी टेस्लाले लामो समयको छलफल र तयारीपछि प्रवेश गरेको हो।
यस शोरुमलाई टेस्लाको फ्ल्यागशिप रिटेल आउटलेटका रूपमा सञ्चालन गरिनेछ। टेस्लाले सुरुमा आफ्नो लोकप्रिय मोडल वाई कारहरु भारतमा आयात र बिक्री गर्नेछ। यसको रियर ह्वील ड्राइभ मोडलको मूल्य करिब ६० लाख भारु र फुल मोडलको आधार मूल्य ६७ लाख ८० हजार भारु (लगभग ७९ हजार अमेरिकी डलर) हुनेछ।




















![स्मार्ट मनी कन्सेप्टमा ‘Zero’ बाट ‘Hero’ बन्नुहोस् [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/08/7CwG7_zhc-w-maxresdefault-150x150.jpg)

प्रतिकृया