SHAREHUBSHAREHUB

आज काठमाडौंका यी स्थानहरुमा बिजुली काटिने

AdvertisementAds
आज काठमाडौंका यी स्थानहरुमा बिजुली काटिने
AdvertisementAds

नेपाल विद्युत् प्राधिकरणले आज काठमाडौंका विभिन्न स्थानमा विद्युत् सेवा अवरुद्ध हुने सूचना जारी गरेको छ।

प्राधिकरणका अनुसार लाइन मर्मत तथा विस्तार कार्यका लागि क्षेत्रपाटी, थापाथली, र त्रिपुरेश्वर फिडर अन्तर्गत पर्ने विभिन्न क्षेत्रमा दिउँसो १ बजेदेखि साँझ ५ बजेसम्म विद्युत् कटौती गरिनेछ।

क्षेत्रपाटी फिडरअन्तर्गत टेकु विष्णुमती करिडोरमा भूमिगत केवल लाइनमार्फत पुष्पलाल पार्क ट्रान्सफरमर टावरमा ओभरहेड लाइन जडान गर्नका लागि क्षेत्रपाटी चोक, पकनाजोल, टहिटी चोक, र ज्याठालगायतका क्षेत्रमा विद्युत् सेवा अवरुद्ध हुनेछ। थापाथली फिडरअन्तर्गत थापाथली चोकदेखि नेपाल आँखा अस्पताल, राहदानी विभाग, वर्ल्ड ट्रेड सेन्टर, दशरथ रंगशाला, ब्लु क्रस अस्पताल, प्रसुतीगृह पूर्वगेट, नर्भिक अस्पताल, थापाथली पञ्चायनी मार्ग, कुरिया गाउँ, र आन्तरिक राजस्व कार्यालय पछाडिसम्मका क्षेत्र प्रभावित हुनेछन्।

यस्तै, त्रिपुरेश्वर फिडरअन्तर्गत टेकु सव-स्टेशनदेखि पचली भैरव, नेपाल उद्योग वाणिज्य महासंघ, टेकु चोक, त्रिपुरेश्वर चोक नपुग्दै भाटभटेनी सुपरमार्केट अगाडि, टेकु वंशीमार्ग, र सुकुम्बासी टोलसम्म पनि विद्युत् सेवा अवरुद्ध हुनेछ। प्राधिकरणले सम्बन्धित स्थानका बासिन्दालाई वैकल्पिक व्यवस्था गर्न र आवश्यक तयारी गर्न आग्रह गरेको छ।

AdvertisementAds

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स