सीआईटीको नाफा १३.७१ प्रतिशतले बढ्यो, कति कमायो नाफा ?

बजारको चिरफार
बजारको चिरफार
२०८२ श्रावण २५ गते
सीआईटीको नाफा १३.७१ प्रतिशतले बढ्यो, कति कमायो नाफा ?

नागरिक लगानी कोष (सीआईटी)ले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। प्रकाशित विवरणअनुसार, कोषको खुद नाफा १३.७१ प्रतिशतले बढेर १ अर्ब २५ करोड रुपैयाँ पुगेको छ। अघिल्लो वर्षको सोही अवधिमा कोषले १ अर्ब १० करोड रुपैयाँ खुद नाफा कमाएको थियो।

चौथो त्रैमाससम्ममा कोषको कुल आम्दानी ८.९६ प्रतिशतले बढेर २ अर्ब ९ करोड रुपैयाँ पुगेको छ। यसमा ३३ करोड ७४ लाख रुपैयाँ ब्याज आम्दानी, १ अर्ब ६५ करोड रुपैयाँ सेवा शुल्क तथा कमिसन आम्दानी र १० करोड ६४ लाख रुपैयाँ विविध आम्दानी समावेश छन्।

यस्तै, कोषको कुल खर्च ६.७६ प्रतिशतले घटेर ४२ करोड ४२ लाख रुपैयाँमा सीमित भएको छ।

समीक्षा अवधिमा कोषले २ खर्ब ८९ अर्ब रुपैयाँबराबरको कुल लगानी गरेको छ, जसमा मुद्धती निक्षेप १ खर्ब ५८ अर्ब रुपैयाँ, नेपाल सरकारको ऋणपत्र ७८ करोड ८७ लाख रुपैयाँ, समयकालिन कर्जा २६ अर्ब ३८ करोड रुपैयाँ, संगठित संस्थाको सेयर ३१ अर्ब ८२ करोड रुपैयाँ र सहायक कम्पनीमा २ अर्ब ७२ करोड रुपैयाँ रहेको छ।

नागरिक लगानी कोषको जगेडा कोषमा २० अर्ब ११ करोड रुपैयाँ रहेको छ।

समीक्षा अवधिमा कोषको प्रतिसेयर आम्दानी १९ रुपैयाँ ३४ पैसा, प्रतिसेयर नेटवर्थ १६४ रुपैयाँ २३ पैसा कायम भएको छ।

अन्य कम्पनीहरूको चौथो त्रैमासको वित्तीय विवरण सहज रूपमा पढ्न हामीलाई Facebook मा Follow गर्नुहोस्।

AdvertisementAds

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स