रास्वपालाई एजेन्डाविहिन भन्नेहरुका लागि बालेनले दिए यस्तो जवाफ

बजारको चिरफार
बजारको चिरफार
२०८२ फाल्गुन ६ गते
रास्वपालाई एजेन्डाविहिन भन्नेहरुका लागि बालेनले दिए यस्तो जवाफ

रास्वपा वरिष्ठ नेता बालेन शाहले बुधबार धनगढीमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै सुदूरपश्चिमको समग्र विकासमा जोड दिएका छन्। उनले भने, “सुदूरपश्चिम बनेको देशको सपना पुरा गर्ने जिम्मेवारी राष्ट्रिय स्वतन्त्र पार्टीको हो। खल्तीमा पैसा नभएका विपन्न र गरिबले शिक्षा र स्वास्थ्य उपचार पाउनुपर्छ। यी हाम्रो मुख्य एजेन्डा हुन्।”

शाहले सडक निर्माणमा ढिलाइ नगरी छिटो काम गर्नुपर्ने आवश्यकता औँल्याउँदै भने, “दुई वर्षमा बन्ने सडक २० वर्षमा पनि बन्दैन, डेढ वर्षमा बन्नु पर्छ। सडक रुखमा बाधेर, बाटोमा सुताएर वा खोरमा जाकेर पनि बनाइन्छ। राष्ट्रिय स्वतन्त्र पार्टी सरकारमा आएमा सबै नेपाली नागरिकले प्रयोग गर्न सक्ने मार्ग बनाइनेछ।”

उनले स्विजरल्याण्डको उदाहरण दिँदै नेपालका नागरिकलाई आधुनिक पूर्वाधार र विकासको आवश्यकता औँल्याए। “हामीले सुदूरपश्चिमलाई देशको मुख्यधारामा जोड्नुपर्छ। त्यसका लागि यहाँका कलाकार र सांस्कृतिक उत्पादनहरू काठमाडौँसम्म पुग्नुपर्छ। जब सुदूरपश्चिमका गीत र प्रतिभा काठमाडौँमा प्रस्तुत हुनेछन्, तब मात्र सुदूरपश्चिम पूर्णरूपमा मुख्यधारामा प्रवेश गर्नेछ,” उनले भने।

बालेन शाहले स्पष्ट पारे, पार्टी यहाँ भोट माग्न आएको हैन, काम माग्न आएको हो। उनले भने, “भोट दिनु भएन भने पनि राष्ट्रिय स्वतन्त्र पार्टीले सुदूरपश्चिमको विकास अघि बढाउनेछौँ। हामीले गर्ने कामको सूची तपाईंहरूलाई देखाउनेछौं, आँखा हेर्नु पर्दैन, काम हेर्नुहोस्।”

भाषण अन्त्य गर्दै उनले सुदूरपश्चिमका नागरिकहरूप्रति माया व्यक्त गर्दै भने, “सुदूर अब दुर नाइँ, झिक्कै झिक्कै माया तमलाई, आइ लभ यु।”

AdvertisementAds

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स