तलब साढे ३ लाख रुपैयाँ हुने इजरायलको रोजगारीमा आजसम्म मात्रै दिन सकिन्छ आवेदन

तलब साढे ३ लाख रुपैयाँ हुने इजरायलको रोजगारीमा आजसम्म मात्रै दिन सकिन्छ आवेदन

वैदेशिक रोजगार विभागले इजरायलका दीर्घकालीन स्याहार केन्द्रहरू (Long Term Care Facilities) मा सहायक कामदार (Auxiliary Workers) का लागि आवेदन दिने आज अन्तिम दिन रहेको जनाएको छ।

नेपाल सरकार र इजरायल सरकारबीच भएको श्रम सम्झौताअनुसार कुल २ हजार ३ सय नेपाली कामदारको माग गरिएको छ। कुल मागमध्ये ९२० जना पुरुष (४० प्रतिशत) र १ हजार ३८० जना महिला (६० प्रतिशत) का लागि कोटा छुट्याइएको छ।

छनोट हुने कामदारले मासिक ६ हजार ४४३.८५ इजरायली शेकेल अर्थात् करिब ३ लाख ४७ हजार रुपैयाँभन्दा बढी पारिश्रमिक पाउनेछन्। उनीहरूले हप्तामा ६ दिन (४२ घण्टा) काम गर्नुपर्नेछ। साथै, प्रचलित नियमअनुसार ओभरटाइम भत्ता र वार्षिक बिदाको सुविधा पनि उपलब्ध हुनेछ।

कामदारसँग प्रारम्भिक रूपमा १ वर्षको श्रम सम्झौता गरिनेछ भने अधिकतम ५ वर्षसम्म करार नवीकरण गर्न सकिने व्यवस्था छ। आवासको व्यवस्था रोजगारदाताले गर्ने भए पनि त्यसको खर्च कामदारले नै व्यहोर्नुपर्नेछ। खानाको खर्च पनि कामदार स्वयंले बेहोर्नुपर्ने सूचनामा उल्लेख छ।

आवेदनका लागि २५ देखि ४५ वर्ष उमेर समूहका नेपाली नागरिक योग्य हुनेछन्। उम्मेदवारले कम्तीमा कक्षा १० उत्तीर्ण गरी अनमी वा सिएमए सम्बन्धी १५ महिने अध्ययन पूरा गरेको वा प्लस टु उत्तीर्ण गरी मान्यता प्राप्त संस्थाबाट केयरगिभिङसम्बन्धी ३ महिने तालिम प्राप्त गरेको हुनुपर्नेछ।

यसका साथै न्यूनतम १.५ मिटर उचाइ र ४५ केजी तौल अनिवार्य गरिएको छ।

इच्छुक उम्मेदवारले वैदेशिक रोजगार विभागको अनलाइन प्रणालीमार्फत आवेदन दिन सक्नेछन्। विभागका अनुसार आवेदन दिने समय आज असार ७ गते राति १२ बजेसम्म मात्र रहनेछ। आवेदनका क्रममा पासपोर्ट, प्रहरी चारित्रिक प्रमाणपत्र, उचाइ–तौल सम्बन्धी स्वघोषणा फाराम तथा गोपनीयता सम्बन्धी मञ्जुरीनामा फाराम अपलोड गर्नुपर्नेछ।

PDF Document
Open in New Tab

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ANM CMA qualification Israel jobs annual leave Israel workers Applications for Israeli jobs with a salary of Rs 3.5 lakh can only be submitted today. auxiliary workers Israel caregiver jobs in Israel caregiver recruitment Israel caregiver training Nepal caregiving jobs abroad Department of Foreign Employment Nepal Department of Foreign Employment notice foreign employment department Nepal foreign employment Israel foreign employment news Nepal foreign job vacancy Nepal foreign labor market Israel high salary jobs abroad Nepal international employment Nepal Israel auxiliary worker jobs Israel care sector jobs Israel caregiver jobs Israel caregiver salary Israel employment opportunity Israel employment quota Nepal Israel job application deadline Israel job demand 2026 Israel job vacancy for Nepalis Israel long term care facilities Israel nursing assistant jobs Israel recruitment Nepal Israel salary for Nepali workers Israel work contract Israel work permit Nepal job opportunities in Israel labor agreement Nepal Israel labor migration Nepal long term care worker Israel Nepal foreign employment news Nepal Israel labor agreement Nepal workers in Israel Nepali caregiver recruitment Nepali men jobs in Israel Nepali women jobs in Israel Nepali workers abroad online foreign employment application overseas employment Nepal overseas job application Nepal overseas jobs for Nepalis overseas worker benefits Israel overtime benefits Israel jobs passport application requirements Israel jobs police clearance certificate Nepal

प्रतिकृया

guest
0 Comments
Oldest
Newest Most Voted

सम्बन्धित खबर

होमपेज बिज शर्ट्स