अन्नपूर्ण माछा दाना उद्योग लिमिटेडले सर्वसाधारणका लागि प्रारम्भिक सार्वजनिक निष्काशन (आईपीओ) जारी गर्ने भएको छ। कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अंकित दरमा १० लाख ९ हजार ५३१ कित्ता सेयर निष्काशन गर्दै कुल १० करोड ९ लाख ५३ हजार १०० रुपैयाँ संकलन गर्ने लक्ष्य राखेको छ।
आईपीओ निष्कासनका लागि कम्पनीले बिक्री प्रबन्धकको रूपमा लक्ष्मी सनराइज क्यापिटल लिमिटेडलाई नियुक्त गरेको छ। यससम्बन्धी सम्झौतापत्रमा अन्नपूर्ण माछा दाना उद्योग लिमिटेडका प्रमुख कार्यकारी अधिकृत (सीईओ) यश पुरी तथा लक्ष्मी सनराइज क्यापिटल लिमिटेडका सीईओ विजयलाल श्रेष्ठले हस्ताक्षर गरेका छन्।
अन्नपूर्ण माछा दाना उद्योग लिमिटेड नेपालका अग्रणी माछा दाना उत्पादक उद्योगमध्ये एक हो। कम्पनीले युरोपेली प्रविधिमा आधारित आधुनिक उत्पादन प्रणाली प्रयोग गर्दै उच्च गुणस्तर, पोषणयुक्त तथा अन्तर्राष्ट्रिय मापदण्डअनुसारका माछा दाना उत्पादन गर्दै आएको छ।
कम्पनीले देशभर फैलिएको सशक्त वितरण सञ्जालमार्फत नेपालका सबै प्रदेशमा रहेका मत्स्य कृषकहरूलाई आफ्ना उत्पादनहरू आपूर्ति गर्नुका साथै प्राविधिक परामर्श र किसानमैत्री सेवा प्रदान गर्दै आएको छ। यसले नेपालको मत्स्य क्षेत्रको दिगो विकासमा महत्वपूर्ण योगदान पुर्याउँदै आएको कम्पनीको दाबी छ।


















![कस्ता Hydro मा बढ्दैछ आकर्षण ? Hydropower Sector Analysis [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/08/2bLqyfokqxE-maxresdefault-150x150.jpg)

![Trend Analysis गरेर Share Market बढ्न वा घट्नसक्ने कुरा कसरी थाहा पाउने ? Technical Training Day 2 [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/08/81-m4gKqcN4-maxresdefault-150x150.jpg)
प्रतिकृया