श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले देशको विकास श्रम र उत्पादनमुखी संस्कृतिमा आधारित हुनुपर्ने बताएका छन्। सिरहाको गोलबजारमा आयोजित नेता–कार्यकर्ता भेटघाट कार्यक्रममा बोल्दै उनले स्टन्ट र देखावटी कामभन्दा इमान्दार श्रमले मात्र राष्ट्र निर्माण सम्भव हुने धारणा राखे।
साम्पाङले युवाहरूलाई उत्पादन, उद्यम र सामाजिक सेवामा सक्रिय हुन आग्रह गर्दै राजनीतिमा लोकप्रियता भन्दा पनि परिणाममुखी काम आवश्यक रहेको बताए। उनले श्रमलाई सम्मान गर्ने संस्कार बसाल्नुपर्नेमा जोड दिए।
कार्यक्रममा सहभागी नेता र कार्यकर्तालाई उनले गाउँ–गाउँमा श्रम अभियान सञ्चालन गर्न निर्देशन दिँदै विकासको आधार आत्मनिर्भरता र श्रम नै भएको पनि उल्लेख गरे।





















प्रतिकृया