प्राइम कमर्सियल बैंकको बुक क्लोज मिति कहिले?

बजारको चिरफार
बजारको चिरफार
२०८१ कार्तिक २८ गते
प्राइम कमर्सियल बैंकको बुक क्लोज मिति कहिले?

प्राइम कमर्सियल बैंक लिमिटेडले मंसिर १९ गते आफ्नो वार्षिक साधारण सभा डाकेको छ। यो सभा काठमाडौँको आर्मी अफिसर्स क्लब, भद्रकालीमा बिहान ११ बजे सुरु हुनेछ। 

सभामा बैंकले ५ प्रतिशत नगद लाभांश (करसहित) वितरण गर्ने प्रस्ताव पारित गर्नेछ। साथै, गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन, नाफा-नोक्सान विवरण, नगद प्रवाहलगायतका अन्य वित्तीय विवरणहरूमा छलफल हुनेछन्। साधारण सभामा मर्जर र एक्विजिशनका विषयमा निर्णय लिनका लागि सञ्चालक समितिलाई अधिकार दिने प्रस्ताव पनि पेस हुनेछ।

लाभांश प्राप्त गर्नका लागि बैंकले मंसिर ९ गते बुक क्लोज मिति तय गरेको छ। यस अनुसार, मंसिर ८ गतेसम्म कायम रहने सेयरधनीहरूले मात्र सभामा सहभागिता जनाउन र लाभांश पाउन योग्य हुनेछन्।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स