नेप्सेमा २० अंकको गिरावट

बजारको चिरफार
बजारको चिरफार
२०८१ श्रावण १४ गते
नेप्सेमा २० अंकको गिरावट

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक आज २० अङ्कले घटेको छ । आज नेप्से २०.४६ अङ्कले घटेर २६६१.०९ अङ्कमा पुगेको छ  ।

आज ३२५ कम्पनीको ४ करोड ७७ लाख ९० हजार ८३७ कित्ता सेयर २ लाख २२ हजार ६६० पटक खरिदबिक्री हुँदा १९ अर्ब ६० करोड ९१ लाख ७७ हजार १०६ बराबरको कारोबार भएको छ ।

आज नेपाल फाइनान्सको सेयर मुल्य सबैभन्दा बढी ९. ७७ प्रतिशतले बढेको छ भने मन्दाकिनी हाइड्रोको सेयर मुल्य ८.५८ प्रतिशतले बढेको छ ।

त्यस्तै आज सबैभन्दा बढी आरम्भ लघुवित्तको सेयर मूल्य सबैभन्दा बढी ८.३५ प्रतिशतले घटेको छ भने बोटलर्स नेपालको सेयर मुल्य ७.९९ प्रतिशतले घटेको छ ।

कारोबार रकमका आधारमा आज सबैभन्दा धेरै शिभम सिमेन्टको ६१ करोड १२ लाख ८६ हजार ६८३ बराबरको कारोबार भएको छ । कारोबार भएका सेयर संख्याका आधारमा भने कुमारी बैंकको २४ लाख ६३ हजार ६९ कित्ता सेयर किनबेच भएको छ ।

AdvertisementAds

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स