आज ७३औँ मदन जन्मजयन्ती विविध कार्यक्रमका साथ मनाइँदै

बजारको चिरफार
बजारको चिरफार
२०८१ असार १४ गते
आज ७३औँ मदन जन्मजयन्ती विविध कार्यक्रमका साथ मनाइँदै

नेपाल कम्युनिष्ट पार्टी (एमाले)का तत्कालीन महासचिव मदनकुमार भण्डारीको आज ७३औँ जन्मजयन्ती देशको कम्युनिष्ट आन्दोलनमा उनले गरेको योगदानको स्मरणका साथ विविध कार्यक्रम गरी मनाइँदैछ ।

मदन भण्डारी फाउण्डेसनको आयोजनामा आज ललितपुर च्यासलस्थित एमाले पार्टी कार्यालयमा मदन भण्डारी राष्ट्रिय पुरस्कार वितरण तथा जबजः राजनीतिक विकास र स्थायित्व विषयक विचार गोष्ठीको आयोजना गरिएको छ ।

जन्मजयन्तीका अवसरमा यसअघि अनेरास्ववियुले यही असार १२ गते वृक्षरोपण गरिएको थियो । मदन भण्डारीले २०४९ माघ १४–२० मा सम्पन्न एमालेको पाँचौँ राष्ट्रिय महाधिवेशनमा प्रस्तुत गरेर पारित गरिएको ‘जनताको बहुदलीय जनवाद’ अहिले पनि एमालेको मार्गदर्शक सिद्धान्तका रूपमा रहेको छ ।

विसं २००९ असार १४ गते ताप्लेजुङको ढुङ्गेसाँघुमा आमा चन्द्रकला र बुबा देवीप्रसाद भण्डारीको माइला छोराका रूपमा उनको जन्म भएको थियोे ।

विसंं २०५० जेठ ३ गते पार्टीको कामको सिलसिलामा पोखराबाट चितवन आउनेक्रममा दासढुङ्गामा दुर्घटना हुँदा उनीसहित पार्टीका सङ्गठन विभाग प्रमुख जीवराज अश्रितको निधन भएको थियो । जननेता भण्डारी नेपालको राजनीतिक वृत्तमा माक्र्सवादको नवीन प्रयोगकर्ता, विचारक तथा जनताको बहुदलीय जनवाद सिद्धान्तका प्रवर्तक मानिनुहुन्छ ।

#Bajarkochifar #bazarkochirfar

 

AdvertisementAds

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स