युनाइटेड मोदी हाइड्रोपावर लिमिटेडले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। वित्तीय विवरण अनुसार कम्पनीको खुद नाफा ५३.९४ ले बढेर ३ करोड ७ लाख रुपैयाँमा पुगेको छ। अघिल्लो वर्षको सोही अवधिमा कम्पनीले १ करोड ९९ लाख रुपैयाँ खुद नाफा कमाएको थियो।
यस अवधिमा को विद्युत बिक्री आम्दानी २१ करोड ८७ लाख रुपैयाँबाट घटेर २१ करोड ८० लाख रुपैयाँमा पुगेको छ। यता, वित्तीय खर्च ८ करोड २ लाख रुपैयाँबाट घटेर ५ करोड ५१ लाख रुपैयाँमा झरेपछि कम्पनीको नाफा बढेको हो।
१ अर्ब २३ करोड ५ लाख रुपैयाँ चुक्ता पुँजी रहेको यस जलविद्युत कम्पनीको जगेडा कोषमा १० करोड १५ लाख रुपैयाँ रहेको छ। समीक्षा अवधिमा कम्पनीको प्रतिसेयर आम्दानी २ रुपैयाँ ५० पैसा र प्रतिसेयर नेटवर्थ १०८ रुपैयाँ २५ पैसा छ।
अन्य कम्पनीहरुको तेस्रो त्रैमासको वित्तीय विवरण पढ्न यहाँ क्लिक गर्नुहोस्








![Trend Analysis गरेर Share Market बढ्न वा घट्नसक्ने कुरा कसरी थाहा पाउने ? Technical Training Day 2 [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/08/81-m4gKqcN4-maxresdefault-768x432.jpg)






![Trend Analysis गरेर Share Market बढ्न वा घट्नसक्ने कुरा कसरी थाहा पाउने ? Technical Training Day 2 [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/08/81-m4gKqcN4-maxresdefault-150x150.jpg)




प्रतिकृया