करिब दोब्बरले बढ्यो शिवम् सिमेन्ट्सको नाफा, ईपीएस कति ?

बजारको चिरफार
बजारको चिरफार
२०८२ बैशाख ३० गते
करिब दोब्बरले बढ्यो शिवम् सिमेन्ट्सको नाफा, ईपीएस कति ?

शिवम् सिमेन्ट्स लिमिटेडले चालु आर्थिक वर्षको तेस्रो त्रैमासको वित्तीय विवरण प्रकाशित गरेको छ। वित्तीय विवरण अनुसार कम्पनीको खुद नाफा ९६.०८ प्रतिशतले बढेर ४० करोड ५ लाख रुपैयाँमा पुगेको छ। अघिल्लो वर्षको सोही अवधिमा कम्पनीले २० करोड ४२ लाख रुपैयाँ खुद नाफा कमाएको थियो।

समीक्षा अवधिमा कम्पनीको सञ्चालन आम्दानी १०.०१ प्रतिशतले घटेर ५ अर्ब ३९ करोड रुपैयाँमा सीमित भएको छ भने अन्य आम्दानी पनि २७.१० प्रतिशतले घटेर १२ करोड ६४ लाख रुपैयाँमा झरेको छ। तर, बिक्री लागतमा १६.०६ प्रतिशत र बिक्री तथा वितरण खर्चमा ९.०४ प्रतिशतको गिरावट आएकोले समग्र नाफामा उल्लेख्य सुधार देखिएको हो।

कम्पनीको प्रतिसेयर आम्दानी ४ रुपैयाँ ३७ पैसाले बढेर ९ रुपैयाँ ७९ पैसा पुगेको छ। प्रतिसेयर नेटवर्थ १८१ रुपैयाँ १० पैसा रहेको छ।

५ अर्ब ४५ करोड ६८ लाख रुपैयाँ चुक्ता पुँजी रहेको शिवम् सिमेन्ट्सको जगेडा कोषमा ४ अर्ब ४२ करोड ५६ लाख रुपैयाँ र सेयर प्रिमियममा ९५ करोड ६२ लाख रुपैयाँ रहेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स