आजदेखि बलेफी हाईड्रोपावर लिमिटेडको हकप्रद सेयर निष्कासन भएको छ। कम्पनीले हाल कायम चुक्तापूँजी १ अर्ब ८२ करोड ७९ लाख ७० हजार रुपैयाँबराबरको १ः१ अनुपातमा रु.१०० अंकित दरका १ करोड ८२ लाख ७९ हजार ७ सय कित्ता हकप्रद निष्कासन गरेको हो ।
हकप्रद सेयर निष्काशन प्रयोजनका लागि कम्पनीले गत कात्तिक २१ गते बुक क्लोज गरेको थियो। जस अनुसार, कात्तिक २० गतेसम्म नेप्सेमा कारोबार भइ कायम सेयरधनीहरुले मात्रै यो हकप्रद खरिदका लागि आवेदन दिन सक्नेछन्।
लगानीकर्ताले एनआईएमबी एस क्यापिटल,कुमारी बैंक जलविरे शाखा,जुगल शाखा, र नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त आस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्था र तिनले तोकेका शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन्। यस्तै, सीडीएससीको मेरो सेयरबाट पनि अनलाइन आवेदन सकिनेछ।






![बाढीले हाइड्रोमा कति अर्बको क्षति पुर्यायो? [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/09/SwYGgGHTIkY-maxresdefault-768x432.jpg)












![बाढीले हाइड्रोमा कति अर्बको क्षति पुर्यायो? [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/09/SwYGgGHTIkY-maxresdefault-150x150.jpg)
प्रतिकृया