माण्डु हाइड्रोपावर लिमिटेडले बागमती खोला क्षेत्रमा आएको भीषण बाढीका कारण बन्द भएको आफ्नो साना जलविद्युत् आयोजना (२२ मेगावाट) पुनः सञ्चालनमा आएको जनाएको छ।
कम्पनीले २०८२ असार ११ गतेदेखि आएको अतिवृष्टिका कारण आयोजनाको संरचना क्षति भई उत्पादन अवरुद्ध भएको भए पनि मर्मत तथा पुनःस्थापना कार्य सम्पन्न गरी कम्पनीको २ वोटा युनिट मध्ये २०८२ श्रावण १९ गतेदेखि १ वटा युनिट र अर्को युनिटबाट भदौ १२ गते विद्युत् उत्पादन पुनः सुचारु गरेको हो। माण्डु हाइड्रोपावरले हाल उत्पादन भएको विद्युत् नेपाल विद्युत् प्राधिकरणको राष्ट्रिय प्रसारण लाइनमार्फत आपूर्ति भइरहेको जानकारी दिएको छ।


प्रतिकृया