लुम्बिनी विकास बैंक लिमिटेडले संस्थापक सेयरधनी कान्छा गुरुङको १ लाख कित्ता तथा प्रकाश मान श्रेष्ठको २० हजार ९० कित्ता गरी कुल १ लाख २० हजार ९० कित्ता संस्थापक शेयर बिक्रीमा राखेको छ।
बैंकले यसअघि मंसिर २१ गतेदेखि उक्त सेयर बिक्री खुला गर्दै विद्यमान संस्थापक सेयरधनीहरूलाई खरिदका लागि आह्वान गरेको थियो। तर तोकिएको अवधिभित्र कुनै पनि संस्थापक सेयरधनीबाट निवेदन नआएपछि बैंकले अब सर्वसाधारणका लागि सेयर बिक्री खुला गरेको हो।
सेयर खरिद गर्न इच्छुक सर्वसाधारणले आवश्यक कागजातसहित आगामी १५ दिनभित्र काठमाडौंको डिल्लीबजारस्थित बैंकको मुख्य कार्यालयमा निवेदन पेश गर्नुपर्नेछ।


प्रतिकृया