नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा आज कार्तिक २८ गते शुक्रबार झापा इनर्जी लिमिटेडको आईपीओ सूचीकृत भएको छ। कम्पनीको कुल ३८ लाख १ हजार ९ सय कित्ता सेयर नेप्सेमा सूचीकृत भएको हो। कम्पनीको सिम्बोल झापा (JHAPA) रहेको छ।
नेप्सेले पहिलो कारोबारका लागि झापा इनर्जी लिमिटेडलाई न्यूनतम १०० रुपैयाँ १२ पैसा र अधिकतम ३०० रुपैयाँ ३६ पैसासम्मको ओपनिङ्ग रेञ्ज प्रदान गरेको छ। उक्त रेञ्जमा कार्तिक ३० गते आइतबार स्पेशल प्रि-ओपन सेसनमा कम्पनीको पहिलो सेयर कारोबार हुनेछ।


प्रतिकृया