६ वटा निर्माण कम्पनी परे कालोसूचीमा, कहिलेसम्म केके गर्न पाउनेछैनन् ?

६ वटा निर्माण कम्पनी परे कालोसूचीमा, कहिलेसम्म केके गर्न पाउनेछैनन् ?

सार्वजनिक खरिद अनुगमन कार्यालयले ठेक्का सम्झौताअनुसार तोकिएको समयभित्र निर्माण कार्य सम्पन्न नगरेको भन्दै ६ वटा निर्माण कम्पनीलाई कालोसूचीमा राखेको छ।

कार्यालयले मंगलबार सूचना जारी गर्दै विभिन्न सरकारी निकायको सिफारिसका आधारमा सार्वजनिक खरिद ऐन, २०६३ को दफा ६३(१) बमोजिम ती कम्पनीमाथि कारबाही गरिएको जनाएको हो।

कालोसूचीमा परेका कम्पनीहरूलाई एक वर्षदेखि तीन वर्षसम्म सार्वजनिक खरिद प्रक्रियामा सहभागी हुन प्रतिबन्ध लगाइएको छ। यस अवधिमा उनीहरूले कुनै पनि सरकारी खरिद वा ठेक्का प्रक्रियामा भाग लिन पाउने छैनन्।

कारबाहीमा पर्ने कम्पनीहरूमा सुनसरीको सरोज कन्स्ट्रक्सन, ललितपुरका आरोग्य कन्स्ट्रक्सन प्रालि र शान्ति निर्माण सेवा प्रालि, भक्तपुरको क्रेटर कन्स्ट्रक्सन प्रालि, काठमाडौंको कृष्टल एण्ड श्रवण निर्माण सेवा तथा हेटौँडाको श्रेष्ठ कन्स्ट्रक्सन कम्पनी प्रालि रहेका छन्।

सार्वजनिक खरिद अनुगमन कार्यालयले सरकारी निकायबाट प्राप्त सिफारिसका आधारमा ठेक्का कार्यमा लापरबाही गर्ने निर्माण व्यवसायीविरुद्ध कानुनबमोजिम कारबाहीलाई निरन्तरता दिइने जनाएको छ।

Screenshot 2026 07 14 072819 6lvAZTslTa https://bajarkochirfar.com/if-six-construction-companies-are-blacklisted-what-will-they-not-be-allowed-to-do-for-how-long | %tags

Advertisement Ads

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

guest
0 Comments
Oldest
Newest Most Voted

सम्बन्धित खबर

होमपेज बिज शर्ट्स