अघिल्लो वर्ष घाटामा रहेको हिमालयन लघुवित्त यो वर्ष नाफामा

अघिल्लो वर्ष घाटामा रहेको हिमालयन लघुवित्त यो वर्ष नाफामा

हिमालयन लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। प्रकाशित विवरणअनुसार, लघुवित्तको खुद नाफा अघिल्लो आर्थिक वर्ष ऋणात्मकबाट ९ करोड १७ लाख रुपैयाँमा पुगेको छ। अघिल्लो वर्षको सोही अवधिमा कम्पनीले २० लाख रुपैयाँ खुद घाटा व्यहोरेको थियो।

खुद ब्याज आम्दानी उल्लेख्य रूपमा बढ्नुका साथै इम्पेयरमेन्ट चार्ज रिभर्स भएको कारण नाफा धनात्मक भएको हो।

चौथो त्रैमाससम्ममा हिमालयन लघुवित्तको खुद ब्याज आम्दानी ५८.५० प्रतिशतले बढेर ३५ करोड ३० लाख रुपैयाँमा पुगेको छ भने सञ्चालन आम्दानी ५२.७७ प्रतिशतले बढेर ४० करोड ६७ लाख रुपैयाँमा पुगेको छ। यता, इम्पेयरमेन्ट चार्ज २ करोड ४० लाख रुपैयाँबाट घटेर ३० लाख रुपैयाँ ऋणात्मकमा आएको छ।

लघुवित्तको खराब कर्जा अनुपात १.८४ प्रतिशतबिन्दुले बढेर ५.३३ प्रतिशत पुगेको छ।

समीक्षा अवधिमा लघुवित्तले ४ अर्ब ९३ करोड २८ लाख रुपैयाँ निक्षेप तथा सापटी संकलन गरी ४ अर्ब ९२ करोड ४६ लाख रुपैयाँ कर्जा प्रवाह गरेको छ।

लघुवित्तको चुक्ता पूँजी ३१ करोड ९८ लाख रुपैयाँ रहेको छ भने वितरणयोग्य नाफा ६ करोड ३२ लाख रुपैयाँ र जगेडा कोषमा २२ करोड ७९ लाख रुपैयाँ सञ्चित रहेको छ। लघुवित्तको प्रतिसेयर आम्दानी बढेर २८ रुपैयाँ ७० पैसामा पुगेको छ। यस्तै, प्रतिसेयर नेटवर्थ १४८ रुपैयाँ १६ पैसा रहेको छ।

अन्य वित्तीय सूचकहरू हेर्दा, लघुवित्तको मूल्य–आम्दानी अनुपात (P/E Ratio) ३५.३८ गुणा, पूँजी कोष–जोखिम भारित सम्पत्ति अनुपात ९.४९ प्रतिशत, कोष लागत ६.४८ प्रतिशत, आधार दर १२.७२ प्रतिशत रहेको छ।

अन्य कम्पनीहरूको चौथो त्रैमासको वित्तीय विवरण सहज रूपमा पढ्न हामीलाई Facebook मा Follow गर्नुहोस्।

HLBSL 1 https://bajarkochirfar.com/himalayan-microfinance-which-was-in-loss-last-year-is-in-profit-this-year | %tags

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेज बिज शर्ट्स