हिमालयन डिष्टिलरीको बम्पर लाभांश घोषणा, बोनस र नगद कति ?

हिमालयन डिष्टिलरीको बम्पर लाभांश घोषणा, बोनस र नगद कति ?
Advertisement Ads

हिमालयन डिष्टिलरी लिमिटेडले गत आर्थिक वर्षको मुनाफाबाट सेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ। कम्पनीले हाल कायम चुक्ता पूँजीको २५% लाभांश वितरण गर्ने निर्णय गरेको हो, जसमा २०% बोनस सेयर र ५% नगद लाभांश (कर सहित) समावेश छ।

यस प्रस्ताव पारित गर्न कम्पनीले कात्तिक ३० गते, आइतबार, आफ्नो रजिष्टर्ड कार्यालय, विरगञ्ज, पर्सा मा २५ औँ वार्षिक साधारण सभा बोलाएको छ। सभा बिहान १० बजे शुरू हुनेछ।

साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ कम्पनीले कात्तिक २० गते बुक क्लोज गर्ने निर्णय गरेको छ। त्यसअनुसार कात्तिक १९ गतेसम्म नेप्सेमा कारोबार भइ कायम रहेका सेयरधनीहरुले साधारण सभामा सहभागिता जनाउन र लाभांश प्राप्त गर्न सक्नेछन्।

HDL https://bajarkochirfar.com/himalayan-distillerys-bumper-dividend-announcement-how-much-is-the-bonus-and-cash | %tags

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेज बिज शर्ट्स