insta insta

जी.डी. फर्मास्युटिकल्सले आईपीओ जारी गर्ने

जी.डी. फर्मास्युटिकल्सले आईपीओ जारी गर्ने
Advertisement Ads

जी.डी. फर्मास्युटिकल्स लिमिटेडले सर्वसाधारणका लागि प्रारम्भिक सार्वजनिक निष्काशन (आईपीओ) जारी गर्ने प्रस्तावसहित विशेष साधारण सभा बोलाएको छ।

कम्पनीको जेठ १५ गते बसेको सञ्चालक समिति बैठकले कम्पनी ऐन, २०६३ को दफा ६७ बमोजिम विशेष साधारण सभा आह्वान गर्ने निर्णय गरेको हो। सभा असार १ गते बिहान ८ बजे कम्पनीको रजिष्टर्ड कार्यालय, काठमाडौँमा बस्नेछ।

सभामा कम्पनीको जारी पुँजी वृद्धि गर्ने तथा त्यसअनुसार प्रबन्धपत्र र नियमावली संशोधन गर्ने विशेष प्रस्ताव पेश गरिनेछ। साथै कम्पनीको दायित्व समायोजनका लागि सेयर बिक्री तथा बाँडफाँड गर्न सञ्चालक समितिलाई अख्तियारी दिने प्रस्ताव पनि रहेको छ।

त्यसैगरी, कम्पनीले सर्वसाधारणका लागि आईपीओ निष्काशन गर्ने सम्बन्धमा आवश्यक निर्णय गर्ने एजेन्डा पनि सभामा समावेश गरिएको छ।

नियामक निकायबाट प्राप्त निर्देशन वा सुझावका आधारमा कम्पनीको प्रबन्धपत्र तथा नियमावलीमा प्रस्तावित संशोधनहरूमा आवश्यक परिमार्जन, थपघट वा परिवर्तन गर्न सञ्चालक समितिलाई अधिकार प्रदान गर्ने प्रस्तावसमेत सभामा पेश गरिने कम्पनीले जनाएको छ।

download 4 https://bajarkochirfar.com/g-d-pharmaceuticals-to-issue-ipo | %tags

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेज बिज शर्ट्स